नियम
समितिको सभा
समितिको अध्यक्षले चाहेको बखत समितिको सभा बोलाउन सक्नेछ । तर त्यस्तो सभा वर्षमा ६ पटकभन्दा घटी हुने छैन । समितिको सभाको कार्यसूची सहित सभा हुने स्थान र समयको सूचना साधारणतः सभाहुने अठचालीस घण्टा अगावै प्रत्येक सञ्चालकलाई तत्काल बसोबास गर्ने घरको ठेगानामा लिखित रूपमा पठाउनु पर्नेछ ।